बक्सिङमा मिनुले स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ४६ पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१३ औं साग खेलकुदअन्तर्गत नेपालले बक्सिङमा पहिलो स्वर्णपदक जित्न सफल बनेको छ।
सोमबार भारतकी बक्सरलाई पराजित गर्दै ५४ केजी तौल समूहमा मिनु गुरुङले स्वर्ण पदक हात पारेकी हुन्।

२० वर्षपछि मिनुले बक्सिङमा नेपाललाई स्वर्ण दिलाउन सफल भएकी हुन्। सन् १९९९ को आठौं साग पछि नेपालले बक्सिङमा स्वर्ण जित्न सकेको थिएन। यस जितसँगै नेपालको स्वर्ण संख्या ४६ पुगेको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *