बंगालको खाडीमा चक्रवात बन्दै, नेपालमा पनि ठूलो वर्षाको सम्भावना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

छिमेरी देश बंगलादेशको खाडीमा चक्रवात विकसित हुँदै गएकाले त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने मौसमविद्ले अनुमान गरेका छन् ।उक्त चक्रवात उत्तरतर्फ सरेमा नेपालमा ठूलो वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिएकाहुन ।उक्त चक्रवात उत्तरतर्फ सरेको खण्डमा प्रदेश १ देखि प्रदेश ४ सम्म ठूलो वर्षाको सम्भावना रहेको उनले बताए । तर, यसको अवस्था के हुन्छ भन्ने शनिबारसम्म थाहा हुने उनले बताए ।

बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै मनसुन निस्क्रिय भइनसकेको महाशाखाले जनाएको छ ।उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर भए पनि नेपालको पूर्वी भागमा पर्दा आज पनि देश १ का केही स्थानमा हल्का वर्षाको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ बाहेकका क्षेत्रमा आजको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *