बंगलादेशले दिने पैँचो मल नेपाल आइपुग्न अझै २ महिना लाग्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा हरेक वर्ष खेतीको समयमा मलको अभाव हुदै आएको छ । यस वर्षपनी किसानले समयमै मल पाउन सकेनन् र सरकारले बंगलादेश संग पैचो मल मागेकोथियो । सरकारले बंगलादेशसँग पैँचो मागेको युरिया नेपाल आइपुग्न भने अझै २ महिना लाग्ने देखिएको छ। सार्वजनिक खरिद कानुनअनुसारको प्रकृया पुरा गरेर ढुवानी कार्य अघि बढाउँदा मल ल्याउन निकै लामो समय लाग्ने देखिएको हो।

ठेकेदारले समयमा मल नल्याउँदा वर्षेबाली मलबिनै लगाएका किसानले हिउँदेबाली लगाउँदा पनि समयमा मल नपाउने देखिएको छ। सरकारले बंगलादेशसँग सापट मागेको ५० हजार मेट्रिक टन युरिया मल ढुवानीको जिम्मा संयुक्त अरब इमिरेट्स युएई को कम्पनी जेन्ट्रेड एफजेडएफले पाएको छ। कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार अघिल्लो हप्ता टेण्डर अवार्ड भएपनि उक्त कम्पनीसँग सम्झौता भने अझै भइसकेको छैन।

जेन्ट्रेडलाई टेण्डर सम्झौता गर्नका लागि आउन हामीले पत्राचार गरेका छौं। सम्झौता गर्न शुक्रबार सम्मको समय छ’ प्रवक्ता पोखरेलले भने।

बंगलादेशको चटगाउँ बन्दरगाहबाट मल नेपाल ल्याउनका लागि ब्यागिङ गर्ने, लोडअनलोड गर्ने र ढुवानी गर्ने गरी उक्त कम्पनीलाई जिम्मा दिइएको छ। कृषि सामग्री कम्पनीले टेण्डर सुचना निकाल्दा टेण्डर प्रकृया शुरु भएको ६० दिनभित्र मल नेपाल आइसक्नुपर्ने उल्लेख छ। तर प्रवक्ता पोखरेल भने ठेकेदार कम्पनीलाई बंगलादेशले मल उपलब्ध गराएको ६० दिन भित्र नेपाल आईसक्नुपर्ने गरी सम्झौता भएको बताउँछन्।यसरी हेर्दा उक्त मल नेपाल आईपुग्न अझै २ महिना जति समय लाग्ने देखिएको छ। ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता भइसकेपछि पनि समयमा मल आउने नआउने भन्ने कुरा बंगलादेशले चटगाउँ बन्दरगाहमा कहिले मल उपलब्ध गराउँछ भन्नेमा भर पर्नेछ।

मल ढुवानीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले असोज ३ गते पहिलो पटक ग्लोबल टेण्डर आह्वानको सूचना प्रकाशित गरेको थियो। ५ वटा कम्पनीको टेण्डर आवेदन परेकोमा जेन्ट्रेडले सबैभन्दा कम अर्थात् प्रति मेट्रिक टन ८२ दशमलव २४ अमेरिकी डलरमा ढुवानी गर्नेगरी प्रस्ताव हालेको थियो।

सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार कम रकम कबोल्ने उक्त कम्पनीलाई मल ढुवानीको जिम्मा दिइएको हो। नेपालका २ कम्पनी शैलुङ इन्टरप्राईजेज र होनिको मल्टिपलले समयमा मल ल्याउन नसकेपछि सरकारले गत भदौ १५ गते बंगलादेशसँग मल सापट माग्ने निर्णय गरेको थियो।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *