फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्समा चितवन राईनोजको विजयी सुरुवात

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन राईनोजले महिला फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा विजयी सुरुवात गरेको छ ।

बुधबार भएको उद्घाटन खेलमा क्वाट क्विन्स काठमाडौंलाई ५ विकेटले पराजित गर्दै चितवनले सुखद सुरुवात गरेको हो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको ९३ रनको सामान्य लक्ष्य चितवनले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा १० विकेट गुमाएर ९२ रन बनाएको थियो । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा सुरु प्रतियोगितामा ५ सहरका ५ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत बिहिबारबाट हरेक दिन दुई खेल हुनेछ । बिहिबार काठमाडौंले पोखरा पल्टन तथा ललितपुर फाल्कोन्सले विराटनगर टाईटन्ससँग खेल्नेछ ।

प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सीसीको स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *