फ्रान्स र सिंगापुर निर्यात हुने बागलुङको आलु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मौसमले साथ नदिएपछि यश बर्ष बागलुङमा आलु उत्पादनमा गिरावट आएको छ ।
गत बर्ष चैत महिना सम्म हिउ परिरहेको र चैत महिना पछि अत्याधिक वर्षा भैरहेकोले मौषम प्रतिकुल नहुदा आलु उत्पादन घटेकोे हो ।

आलुको पकेट क्षेत्रको रुपमा रहेको जिल्लाको ढोरपाटन क्षेत्रमा फल लाग्ने वेलमा अत्याधिक वर्षा भएकोले उत्पादन घटेको छ । मुख्य बालीकै रुपमा गरिने आलु खेती यसवर्ष उत्पादन नभए पछि विगतका बर्षमा आलुले लिएको बजार यस बर्ष नपुग्ने र विउ पनि नपुग्ने किसानहरु बताउछन् । ढोरपाटनमा १ क्वीन्टल आलुको विउ लगाउँदा बारीमा २० क्वीन्टलसम्म आलु फल्ने गरेकोमा यस बर्ष १ क्वीन्टल विउ लगाएको वारीमा ५ क्वीन्टल पनी नफलेको वताएका छन् ।

ढोरपाटन नगरपालिकाको बोबाङ तथा ढोरपाटन उपत्यका क्षेत्रमा व्यसायीक रुपमा आलु खेती हुदै आएको छ । गण्डकी प्रदेशका जिल्लामा मात्र नभई राजधानी काठमाण्डौ तथा बिदेशमा समेत ब्रान्ड बनाउन सफल भएपनी किसानले मेहनत गरे अनुसार आलुले फल नदिएपछी किसान चिन्तीत भएका छन् ।

गत वर्ष ढोरपाटनको आलु हिमालयन आलु ब्रान्डको रुपमा फ्रान्स निर्यात भएको थियो । ढोरपाटनको आलु स्वादीष्ट हुने भएकोले सिगापुर र फ्रान्स वाट अत्याधिक माग हुने गरेको छ ।बेमौसममा समेत उच्च गुणस्तको आलु उत्पादन हुने ढोरपाटनमा यो बर्ष निरन्तरको बर्षाले गर्दा उत्पादनमा कमि आएपछी वजारभाउ आकाशिएको व्यवसायी वताउछन् ।

अन्तराष्ट्रिय बजार सम्म आलु पुग्ने भएपछि उत्साहित भएर करिब २ हजार हेक्टर क्षेत्रफलमा आलु खेती गरेका किसानहरु आलु उत्पादनमा कमी आएपछी निरास भएका छन् ।

ढोरपाटनका किसानहरुले प्रतिकिलो कम्तीमा ४० रुपैयाँदेखि बढीमा ७० रुपैया सम्म आलु बिक्री गर्दै आएका छन् । हिउँदे सिजनमा १९ हजार ९ सय ४९ मेट्रीक टन र वर्षे सिजनमा ६ हजार १ सय ९९ मेट्रीक टन आलु उत्पादन हुने ठाउमा यस पटक अत्याधिक गिरावट हुदा किसानहरु चिन्तत छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *