फोहोर व्यवस्थापन गर्न नसके पछि कान समाएर उठवस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कुश्मा नगरपालिकाको फोहोर व्यवस्थापनमा लापरवाही भएपछि फोहोर व्यवस्थापनको जिम्मा लिएको संस्थाका प्रमुखले कान समाएर माफी मागेका छन ।

नगरपालिकासँग सम्झौता गरी फोहोर व्यवस्थापनको जिम्मा लिएको संस्था सेक्रेड नेपालका प्रमुख टिकाराम भुसालले माफी मागेका हुन । उपभोक्तासँग चर्को शुल्क लिएर पनि फोहोर व्यवस्थापन नभएको, कुहिने फोहोरले सडक नै र्दुगन्ध भएको तथा प्लाष्टिकजन्य पदार्थमा राखिएको कुहिने फोहोर संकलन गर्दा कुहिएको फोहोर गाडीबाट चुहिएर सडक दुर्ग्न्धित बनेको र फोहोर संकलित प्लाष्टिक सडकमै फालिदिने गरेको भन्दै त्यसको व्यवस्थापन गर्न माग गरेका थिए ।

नगर वासीसँग चर्को शुल्क अंशुलेरे फोहोर व्यवस्थापन गर्दै आएको संस्थाले लै दुर्गन्ध फैल्याउन थालेपछि नगर वासीहरुले संस्थाका प्रमुखलाई माफी मगाएका हुन । कुहिने फोहोर नकुहीने फोहोर छुटटयाएर संस्थालाई दिँदा पनि फोहोर व्यवस्थापनको जिम्मा लिएको संस्थाले सडक मै फोहोर गरेपछि स्थानीयले आक्रोस पोखेका हुन । नगर पालिकाबाट टेण्डर मार्फत फोहोर व्यवस्थापनको जिम्मा लिएको संस्थाले सडकमा फोहोर गरेको भन्दै आक्रोश पोखेपछि संस्थाका प्रमुख भुलासलाई माफी मगाका हुन । उपभोक्ताले फोहोर व्यवस्थापनमा लापरवाही भएको र कर तिरेपनि व्यवस्थित नभएको भन्दै विरोध जनाएपछि सेक्रेड नेपालका प्रमुख टिकाराम भुसालले ऐन नियम भन्दा बाहिर गएर फोहोर व्यवस्थापन गर्न नसकिने जनाउँदै नगरवासीसँग कान समाएर सडकमा उठबस गर्न वाध्य बनेका हुन ।

।कुश्मा नगरपालिकाले सेक्रेड नेपाललाई फोहोर व्यवस्थापनको जिम्मा लगाएपछि सेक्रेड नेपालले फोहोर व्यवस्थापन गर्दै आएको थियो । नगर पालिकाले नाफामुखी एनजिओलाई फोहोरको जिम्मा दिएसँगै मासीक चालीस रुपैयाँको फोहोरको शुल्क चास सय पु¥याएको भन्दै नगर वासीले विरोध गर्दै आएका छन । नगरवासीले सरकारी निकायले व्यवस्थापन गर्नुपर्ने फोहोर एनजिओलाई दिंदा एनजिओले शुल्क बढाएको तर फोहोर व्यवस्थापनको सट्टा झन दुर्गन्ध बढाएपछि नगरवासीले विरोध गरेका हुन ।फोहोर व्यवस्थापनको जिम्मा लिएको संस्थाका प्रमुख भुसालले नगरपालिकासँग भएको सम्झौता अनुसार नै काम गर्नुपर्ने वाध्यता भएको र सम्झौता भन्दा बाहिर गएर कर्मचारी राख्न समेत नसकेको बताएका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *