फेवाताल जोगाउन बनाइएको ड्याम बाढीले बगायो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

निर्माण सम्पन्न भएको ३ महिना नपुग्दै फेवाताल संरक्षणका लागि निर्माण गरिएको सिल्टेसन पोखरी र चेकड्याम भत्किएको छ । सोमबार अविरल वर्षासँगै आएको बाढीले अँधेरी खोलाको सिल्टेसन ड्यामको ५० मिटर भाग बगाएको छ । सोमबार साँझ आएको पानीले अँधेरी खोलाको ड्याम बगाएको हो । ड्याम बगाउँदा खोलाले बाटो परिवर्तन गरि खिमलाल भण्डारीको कुखुरा फार्म क्षतिग्रस्त बनाएको छ । बाढी बस्दा भण्डारीको १ सय बढी कुखुरा बगाएको छ भने १४ बोरा दाना पनि बगाएको छ ।

सोही बाढीले प्रदेश कृषि मन्त्रालयले सञ्चालन गरेको जग्गा चक्लाबन्दी कार्यक्रम अन्तर्गत अनुदानमा सञ्चालन भएको करिब १ सय ५६ रोपनी क्षेत्रफलमा रहेको धान खेत बगाएर क्षतिग्रस्त भएको छ । जग्गा चक्लाबन्दी कार्यक्रमका अध्यक्ष विष्णु दाहालका अनुसार बाढीले सिल्टेसन ड्याम भत्किँदा करिब ५० लाख बराबरको क्षति भएको छ । जग्गा चक्लाबन्दी गरेर बनाइएको धान खेत अहिले बगर बनेको छ ।

‘पुरानो जलाधारको ड्यामलाई भत्काएर नयाँ कमसल ड्याम बनाउँदा अँधेरी खोलाको सिल्टेसन ड्याम भत्किएको छ । यसभन्दा अघि पनि ड्यामको केही भाग बगाएको थियो । कमसल निर्माण सामाग्री प्रयोग भएकाले ड्याम भत्किएको हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *