फेरी खराब मौषमका कारण तीन हेलिकोप्टरले गरे आकस्मिक अवतरण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोटाङ, मौषम प्रतिकुलताका कारण संखुवासभाबाट काठमाडौँका लागि उडेको तीन वटा हेलिकोप्टर बिहिबार खोटाङको रेग्मीटारमा आकस्मिक अवतरण गरिएको छ । संखुवासभाबाट अरुण तेस्रोको अनुगमनपछि काठमाडौँ फर्कनेक्रममा खराब मौसमका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको रेग्मीटारस्थित साप्सुखोलामा अवतरण गरिएको हो ।

दिउसो करीब पौने ४ बजे अवतरण गरिएको हेलिकोप्टर मौषममा केही सुधार आएपछि पुनः काठमाडौँका लागि उडेको स्थानीयवासी कुमार बुढाथोकीले बताउकाछन् । वर्षा र बाक्लो कुहिरोका कारण दुई वटा अल्टिच्युट र एउटा मनाङ एयरको हेलिकोप्टरलाई साप्सुखोला किनारमा आकस्मिक अवतरण गरिएको जनाइएको छ ।

आपतकालिन हेलिकोप्टर ल्याण्ड भएको विषयमा स्थानीयवासीले खबर गरेपछि सुरक्षाका लागि प्रहरी चौकी भँडारेघाटबाट प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए । खराम मौसमकै कारण खोटाङबाट काठमाडौँ फर्कनेक्रममा नेपाली काँग्रेसका महामन्त्री डा. सशाङ्क कोइराला लगायतका नेताको टोली चढेको हेलिकोप्टर तीन ठाउँमा अवतरण गरेपछि काठमाडौँ पुगेको स्रोतले जनाएको छ ।

बुधबार दिउँसो साँढे २ बजे हलेसीबाट उडेको हेलिकोप्टर पहिलोपटक हलेसी तुवाचुङ नगरपालिकाको बाईटार, दोस्रो पटक रामेछापको लिखु नदीको दोभानमा र तेस्रो पटक साँझ ६ बजे रामेछापको मन्थली विमानस्थलमा अवतरण गरेको थियो ।

हेलिकोप्टरमा महामन्त्री कोइरालासहित केन्द्रीय सदस्य चन्द्र भण्डारी, प्रतिनिधिसभा सदस्य हीरा गुरुङ, नवलपरासी सभापति भरत गुरुङलगायत चार जना सवार थिए । कोइराला काँग्रेसको दोस्रो चरणको राष्ट्रिय जनजागरणसभा समापन कार्यक्रमलाई सम्बोधन गर्न खोटाङ जानुभएको थीयो ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *