फुटपाथमा बस कुदाउँदा ७ तीर्थयात्रीको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी : भारतको उत्तर प्रदेशस्थित बुलन्द सहरमा तीब्र गतिमा आएको बस फुटपाथ चढ्दा त्यहाँ सुतिरहेका ७ तीर्थयात्रीहरुको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार बिहान गंगा नदी नजिकै गान्धी घाटमा उक्त घटना घटेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

मृत्यु हुने सातै जना महिला हुन् जसमा तीन जना बालिका भएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

असोज १६ गते ५६ जनाको टोलीसहित भारतको मोहनपुर गाउँबाट हिँडेका उनीहरू जम्मुकस्मिरमा रहेको माता वैष्णोदेवी मन्दिरबाट फर्किँदै थिए ।

शुक्रबार बिहान पौने ३ बजे आराम गर्नका लागि गाडी रोकिएको थियो । केही तीर्थयात्री त्यही फुटपाथमा सुतेका थिए । बिहानको ४ बजे तीव्र गतिमा आएको बसले ७ जनालाई किचेको हो ।

मर्नेमा तीन जना एकै परिवारको रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *