फिल्म ‘चपली हाइट ३’को टिजर हेर्नुभयो ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फिल्म ‘चपली हाइट ३’को टिजर सार्वजनिक गरिएको छ। शुक्रबार युट्युबमार्फत् सार्वजनिक ट्रेलरमा सस्पेन्स-थ्रिलर युक्त दृश्य देख्न सकिन्छ।

एक्सन युक्त फिल्मको ट्रेलरमा नायिका स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाको अभिनय दर्शकका लागि केही नया पनमा प्रस्तुत गरिएको छ।
एक मिनेट ४३ सेकेण्ड लामो ट्रेलरमा फिल्मका प्राय कलाकारलाई प्रस्तुत गरिएको छ।

आउँदो चैत २८ गतेको प्रदर्शन मिति तय गरेर निर्माण कार्यमा खटिएको फिल्म युनिटले तोकिएकै मितिमा फिल्म ल्याउने नल्याउनेमा भने शंका छ। विश्वभर कोरोना भाइरस (कोभिड–१९)को प्रभावले त्यसअघि सार्वजनिक गरिने भनिएका फिल्मले प्रदर्शन स्थगन गरेसँगै ‘चपली हाइट ३’को पर्दशनमा पनि शंका उब्जिएको हो।

फिल्ममा स्वस्तिमा र अर्पणका साथमा सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक लगायतको अभिनय रहेको फिल्ममा अर्जुन कुमारको निर्माण रहेको छ।

निकेश खड्काको निर्देशनमा बनेको फिल्ममा आकाश बरालको पटकथा, संवाद, पुरुषोत्तम प्रधानको छायांकन र दिर्घ खड्काले सम्पादन रहको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *