फिलिपिन्समा फानफोन आँधीका कारण १६ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फिलिपिन्समा क्रिसमसको दिन आएको फानफोन आँधीका कारण १६ जनाको मृत्यु भएको छ । १० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आँधीमा परेर थुप्रै मानिस हराइरहेको बताइएको छ । १ सय ९५ किलोमिटर प्रतिघण्टाको दरले आएको आँधीले थुप्रै घरको छाना उडाएको छ । मोवाइल र इन्टरनेट सेवा प्रभावित भएको छ । विद्युत सेवा पनि अबरुद्ध भएको छ । सडकहरुमा पनि क्षतिग्रस्त भएका छन ।

आँधीले ठूलो धनमालको क्षति गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । आँधीले विमानस्थलका साथै बोराके, करनसमेत विभिन्न पर्यटकीय स्थलमाथि क्षती पु¥याएको छ । फानफून आँधी सन् २०१३ मा आएको हाइयान आँधीभन्दा कम विनाशकारी रहेको बताइएको छ । सो आँधीका कारण ७ मानिसको मृत्यु भएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *