फरक छ यसपालीको रोपाई जात्रा,यस्तो छ रोपाई गर्ने नियम हेर्नुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

आज रोपाई दिवश मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई आज नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ । असार १५को दिनलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ ।

खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने गरेको छ । यसअघि आ–आफ्नै परम्परा अनुसार रोपाइँ महोत्सव हुने गरेका थिए । तर यसपटक विश्वमा फैलँदै गएको कोरोना संक्रमणका कारण रोपाइँ महोत्सव सञ्चालन गर्न निश्चित नियम बनाइएको हो । धान उत्पादनमा वृद्धि–आत्मनिर्भरता र समृद्धि नाराका साथ सुरु हुन गइरहेको १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा २५ भन्दा बढी मानिस भेला हुनुपर्ने भए साना साना समूह बनाई रोपाइँ गर्नुपर्ने नियम बनाइएको छ ।

एक अर्का बीचको दूरी ६ फिट कायम राख्नुपर्ने छ । ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद् नार्कको खेतमा धानको बीउ रोपेर औपचारिक रुपले १७ औँ रोपाइँ महोत्सवको आयोजना हुँदै छ ।नेपालमा बार्षिक ५५ लाख टन धान उत्पादन हुँदै आएको छ । यो मुलुकको आवश्यकता भन्दा पाँच लाख मेट्रिक टन कम हो । नेपालले प्रतिवर्ष ३० अर्बको चामल आयात गर्दै आएको छ ।

हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालको सबै जिल्लामा धान हालसम्म उच्च, मध्य पहाड र तराईमा गरी दुई लाख ७५ हजार, २९ हेक्टर जमीनमा रोपाइँ सम्पन्न भइसकेको छ । यस वर्ष पनि गत वर्ष जस्तै किसानले समयमा नै रासायनिक मल प्राप्त गर्न सकेका छैनन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *