प्रेस स्वतन्त्रताका नाममा छाडापनलाई बढावा दिन नसकिने : माधव कुमार नेपाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले प्रेस स्वतन्त्रताका नाममा छाडापनलाई बढावा दिन नसकिने बताउनुभएको छ ।

रौतहट टाइम्सको २२ औं वार्षिकोत्सव तथा अबको राजनीतिक कोर्ष विषयक कार्यक्रममा नेपालले अहिलेको सरकारले प्रेस स्वतन्त्रतालाई खोस्न चाहेको नभइ छाडापनलाई नियन्त्रण गर्न खोजेको बताउनुभयो । लोकतान्त्रिक वातावरणले सञ्चार क्षेत्र धेरै विकशित भएको उल्लेख गर्दै नेता नेपालले अनुमानका भरमा समाचार नलेखी सत्य तथ्यलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रता भनेर प्रष्टसँग लेखेको भएपनि पछिल्लो समय बनेका केही कानूनहरुले त्यसलाई असर पारेको बताउनुभयो । राज्यको चौथो अंगका रुपमा रहेको प्रेस जगतलाई नियन्त्रण गर्नुभन्दा पनि पूर्ण स्वतन्त्रता प्रदान गर्न भूमिका खेल्न उहाँले सबैमा आग्रह गर्नुभयो ।

नेकपा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले राष्ट्रियता र राष्ट्रिय अखण्डता बाहेकका विषयमा संविधान संशोधन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ नेपालका अध्यक्ष गोविन्द आचार्य लगायतले सरकारले अघि सारेका केही विधेयकहरुले प्रेसलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोजिएकोले सच्याउन आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मानित गरिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *