प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी पौडेल लाई तोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यवाहक अध्यक्षमा तोक्ने निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रवित्रिमन्त्री डा युवराज खतिवडाले जानकारी दिएकाहुन । यसअघि सञ्चार मन्त्रालयले भण्डारीलाई काउन्सिलको सदस्यमा नियुक्ति गरेको थियो ।

भण्डारी विगत २५ वर्षदेखि मोफसलमा पत्रकारिता गर्दै आएकिहुन । झापा भद्रपुर नगरपालिका–८ मा जन्मिएकाी भण्डारी हाल पोखरा महानगरपालिका–५ मा बस्दै आएकिछिन ।

आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तह उत्र्तिण गरेकि उनी कानून व्यवसायी समेत हुन। नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य, प्रेस चौतारी नेपालको सचिव र सञ्चारिका समूह पश्चिमाध्चलको अध्यक्ष समेत रहेकिछिन् । यसैगरी काउन्सिलको सदस्य पदमा पत्रकार दीपक पाण्डे नियुत्त भएकाछन् ।

पत्रकार महासङ्घको केन्द्रीय सदस्य तथा लेखा संयोजक रहेका पाण्डे दृष्टि साप्ताहिक, प्रकाश साप्ताहिकको सम्पादकको रुपमा काम गरिसकेकाछन् । उनी हाल जनता टेलिभिजनको सम्पादक सल्लाहकारको रुपमा रहेकाछन् । पाण्डेले सोमबार नै काउन्सिलमा सपथ ग्रहण लीइसकेकाछन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *