प्रियंका कार्की र सृष्टि श्रेष्ठको ‘जस्ट अनोदर लभ स्टोरी’ सार्वजनीक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो समय वेब सिरिज विश्वमै दर्शकको मनोरञ्जनको लागि राम्रो तथा लोकप्रिय खुराक बनेको छ । यस्तैमा अभिनेत्री प्रियंका कार्कीको ‘जस्ट अनोदर लभ स्टोरी’ सार्वजनिक भएको छ । निकै लामो समयदेखि चर्चामा रहेको वेब सिरिजको पहिलो भाग आइतबार युट्युव मार्फत सार्वजनिक गरिएको हो ।
वेब सिरिजमा प्रियंका सँगै अर्की अभिनेत्री सृष्टि श्रेष्ठ पनि मुख्य भूमिकामा रहेकी छन् । प्रियंका अमाराको भूमिकामा देखिएकी छन् भने श्रृष्टिले मायाको भूमिका निर्वाह गरेकी छन् । जो वेब सिरिजका दुई केन्द्रिय पात्र हुन् ।
समलिङ्गी प्रति आकर्षित दुई युवतीको कथा यसमा देखाइएको छ । प्रियंकाकै युट्युव च्यानल मार्फत वेब सिरिज सार्वजनिक गरिएको हो । आइतबार मात्रै सार्वजनिक भएको भिडियो यो खबर बनाउदा सम्म झण्डै एक लाख पटक हेरिसकिएको छ भने दर्शकबाट प्रतिक्रिया पनि सकारात्मक बढी आइरहेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *