प्राधिकरणमानै किन थप्ने कुलमानको कार्यकाल ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गाेपाल पाठक –

२०७३ सालको तिहार ताकासम्म नेपाल अन्धकार थियो । दैनिक १८ घण्टासम्मको लोडेसडिङले नेपालीको मन मष्तिष्कमा बत्ती आउँछ भन्ने र उज्यालेमामा रात कट्छ भन्ने आश हटिसकेको थियो । विद्यार्थी हुन् वा व्यवसायी, उद्योगकर्मी हुन् या सञ्चार जगत, गृहिणी हुन् वा अन्य कोही आजित नै भइसकेको अवस्था थियो त्यतिखेर बत्ति । करेन्टका कारण । २०७३ को तिहारमा पनि सबैको आश मरिसकेको थियो कि झिलिमिली बत्ति बाल्न पाइन्छ भनेर । तर तिहारको लक्ष्मी पूजाको दिन सबैभन्दा बढी बत्ति÷करेन्ट खपत हुने समयमा पनि अनायासै विना कुनै अवरोध आम जनमानसले बत्ति बाल्न पाए । उज्यालोको महशुष गर्न पाए र एकाएक आम जनमानसको हिरोको रुपमा उदाए प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ ।

एकएक सबैको नजरमा बस्न सफल भएका घिसिङसँगको मेरो पहिलो भेट तिहार झलमल्ल भएपछि उनको कार्यकक्षमा एभिन्यूज टेलिभिजनको लागि अन्तरवार्ता लिने क्रममा भएको थियो । त्यतिखेर मेरो प्रश्न थियो यो चमत्कारिक अवस्था कसरी ? मन्द मुस्कानका साथ घिसिङ भन्दै हुनुहुन्थ्यो– नयाँ केही गरेको होइन, बस् व्यवस्थापनमा मात्र ध्यान दिएको छु ।

विद्युत सप्लाईको अधिकतम क्षमताको उपभोग गरेको हुँ । सबै उत्पादनलाई उपभोक्ता माझ पस्किएको हुँ । रिस्क लिएकै हुँ पहिलो पहिलो ट्रान्समिटरले धान्दैन भन्ने डर स्थापित गराई नदिएको बिजुली मैले बाँडेको हुँ ।
उनको यति भनाइ भैसकेपछि पहिलाको विद्युत् प्राधिकरणको नेतृत्वले अन्तर्राष्ट्रिय स्तरको विद्युत्को उत्पादन हुँदाहुँदै पनि डर त्रासमा विजुली बाडिएको रहनेछ भन्ने अनुमान लगाउन मलाई गाह्रो भएन साथै इन्टभर्टर, सोलार लगायतका सामान आयात गरी विक्री वितरण गर्नेले मोटो कमिशन प्राधिकरण नेतृत्वलाई बुझाउने गरेका थिए भन्ने भनाइलाई थप मजबुद बनायो । त्यसपतिका दिनमा लगातार विद्युत् आपूर्ति हुँदा आम जनमानसमा हाई हाई भए कुलमान ।

आजको दिनसम्म आइपुग्दा उज्यालोको पर्याय भएका छन्– कुलमान । त्यसोत २०७३ भाद्रमा कुलमान विद्युत् प्राधिकरणको महानिर्देशक भएका हुन् । ४ वर्षे कार्यकाल भाद्र २९ गते सकिनै लाग्दा उनको कार्यकाल थप गरिनुपर्छ भनेर सामाजिक सञ्जालमा एक अभिायन नै चलिसकेको छ । विद्युत् प्राधिकरणको स्थापनाकालदेखि नै घाटामा रहेको अवस्थाबाट ४ वर्षे कार्यकालमा घिसिङले विद्युत् चोरी नियन्त्रण, सेवामा सुधार, प्राधिकरणको सवस्टेशनको स्तरउन्नती, प्राविधिक चुहावट कमी, बक्यौता असुलीमा कडाइ साथै प्राधिकरण कर्मचारीको अनावश्यक राजनीति दवाबको अन्त्य गरी प्राधिकरणलाई ११ अर्वभन्दा माथिको नाफामा पु¥याउन सफल भए । उनको इमान्दारिता, लगनशिलता र कार्यप्रतिको व्यवसायिकताले नै प्राधिकरणले यो उचाइ प्राप्त गरेको हो ।

हो, उनको ४ वर्षे कार्यकाल समाप्त हुनै लाग्दा उनलाई निरन्तरता दनुपर्ने आवाज बुलन्द भएका छन् । प्राधिकरणबाट उनको बहिर्गमन हुनासाथ फेरी त्यही ४ वर्ष अवधिको लोडसेडिङ व्यहोर्नु पर्छकी भन्ने जनमानसमा चिन्ता बढेको छ, त्रास कायम छ । तर अबको प्राधिकरणको अवस्था भने चाहेर पनि कसैले लोडसेडिङ गराउन सक्ने अवस्था छैन । अब आउने नेतृत्वलाई झनै ठूलो दवाब के छ भने अबको ४ वर्षपछि प्राधिकरणको नाफा कसरी ३३ अर्व पु¥याउने हो यस्तै चुनौतीको सामना अबको नेतृत्वले व्यहोर्नु पर्नेछ ।

नेपालका विविध क्षेत्रहरु जस्तै मालपोत, यातायात व्यवस्था विभाग, श्रम विभाग लगायतका थुप्रै ठाउँमा वेथिति, अव्यवस्था कायम रहेको अवस्थामा कुलमान घिसिङ जस्ता व्यवसायीक व्यवस्थापनाको आवश्यकता रहेका कुरालाई नकार्न सकिँदैन । निरन्तरताको खबरदारी र पारदर्शीताले विद्युत् प्राधिकरण पछि पार्न सक्दैन । त्यसैले कुशल व्यवस्थापकको पर्याय बनेका कुलमानलाई नेपालका अव्यवस्थित कार्यालय जस्तै भूमिसुधार, श्रम विभाग, यातायात व्यवस्था विभाग जस्ता निकायको जिम्मेवारी दिने तर्फ सोच्ने हो की ?

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *