•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सुरक्षामा खटिने प्रहरीहरुमा पछिल्लो समय कोरोना संक्रमण फैलनेक्रम बडेर गएको देखिएको छ । यसै क्रममा प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित प्रहरीको संख्या ३१ पुगेको छ । चारजनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा ३१ जनाको पोजेटिभ रिपोर्ट आएको प्रहरी प्रवक्ता डिआइजी निरज शाहीले जानकारी दिएका छन् ।

प्रहरी प्रधान कार्यालयको सवारी एमटी शाखामा कार्यरत एकजना प्रहरी हवल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलो पटक उनलाई कोरोना संक्रमण भएको थियो ।प्रहरी प्रधान कार्यालयमा सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत प्रहरी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । स्वाव संकलन गरेर पठाइएका केही प्रहरीको रिपोर्ट आउन बाँकी छ ।

By editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *