प्रहरीले हत्याको छानबिन नगरेको भन्दै सर्लाहिमा फेरी बिरोध प्रदर्शन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

महेन्द्र रामको मृत्यु प्रकरणको विषयमा सत्य तथ्य छानबिनको माँग गर्दै नेपाली कांग्रेस सर्लाहीले दास्रो चरणको बिरोध प्रदर्शन गरेको छ । सर्लाही क्षेत्र नं, ४ को सबै पालिकाहरूमा टायर बालेर पर्दर्शन भएको छ, भने क्षेत्रका ५१ वटा वडाहरूमा साझ मसाल जुलुस समेत गर्ने कांग्रेसका जिल्ला उपसभापति सुरेन्द्र प्रसाद सिंहले बताए।

सर्लाहीको रामनगर गाउँपालिका वडा न–७ सिसौट निवासी महेन्द्र रामलाई गएको असोज २१ गते साँझको समयमा आफनो घर अगाडी बसिरहेको अवस्थामा करिब १५ जनाको समुहमा आएका मानिसहरुको समुहले घरेलु हातहतियारद्वारा हमला गरि गम्भीर घाइते बनाएका थिए । गम्भिर घाइते भएका रामको सदरमुकाम मलंगवा स्थित सर्लाही अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागि इन्डो अस्पताल बिरगंज लगिएको र त्यही उनको भोली पल्ट असोज २२ गते मृत्यु भएको थियो ।

दोषीलाई पक्राउ नगरेको किटानी जाहिरी पनि दर्ता नगरेपछि नेपाली कांग्रेस सर्लाहीले चरणबद्ध आन्दोलनको घोषना गरेको छ । मृतक परिवारको जाहेरी दरखास्त दर्ता, सहिद घोषणा र परिवारलाई क्षतिपूर्ती लगायतका मागहरु गर्दै काग्रेसले बिरोध प्रदर्सन शुरू गरेको हो ।

प्रहरीलेनै अपराधको निष्पक्ष छानबिन गर्नुको साटो राजनीतिक दवावमा आएर पिडित पक्षको जाहेरी दरखास्त दर्ता नै नगरी दोषिलाई उन्नमुक्ति दिने कार्य गरेको कांग्रेसका नेताहरूले आरोप लगाउदै आएको छ ।

मृतक रामको शव विगत ८ दिन देखि नारायणी अस्पतालमै राखिएको छ । जब सब पिंडित परिवारले न्याय पाउदैन तब समम शव नबुझने कांग्रेसको अडान रहेको छ । मृतक रामका श्रीमती, बुहारी र छोराले रूदै हामिले सबैथोक गुमाएको बताए । अभिभावककै मृत्यु भएपछि घर परिवार नै बेसहारा बनेको छ । मृतक रामका श्रीमतीले दाषीहरूलाई कारवाहीको माग गर्दै उचित छतिपुर्ती पाउनुपर्ने माग गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *