प्रहरीले दमन गर्दै गोली चलाएको भन्दै बाराका स्थानीय आन्दोलनमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बारा प्रहरीले स्थानीयहरू माथी दमन गर्दै गोली चलाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका छन् ।जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने सुवर्ण गाउँपालिका वडा नं।२ कवही गोठ बजारमा पर्ने ईलाका प्रहरी कार्यालय अगाडी बुधवार राती प्रहरी र स्थानीय बिच झड्प भएको थियो ।
झड्पका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना बालक गम्भीर घाइते भएका हुँन् ।

बुधवार राती साँढे ८ बजे तिर भारतबाट ल्याइँदै गरिएको आलु र प्याजलाई प्रहरीले खोसेर कलैया तर्फ लैजाने क्रममा स्थानीयले रोक्न खोज्दा भएको झड्पमा गोली लागेर सुवर्ण गाउँपालिका वडा नं।२ कै १४ वर्षीय रंजन कुमार यादव घाइते भएका हुँन् । टाउकोमा गोली लागेकोले उनको अवस्था गम्भीर रहेको छ ।

घाइते बालकको स्थानीय एस।आर अस्पतालमा उपचार हुँन नसक्दा थप उपचारको लागि बिरगंजको नारायणी बयोधा अस्पतालमा रिफर गरिएको छ ।

झड्पलाई नियन्त्रणमा लिन प्रहरीले दर्जन भन्दा बढी हवाई फायर गरेको थियो ।घाइतेको साथमा रहेका स्थानीय रामनिवास यादवले बयोधा अस्पतालमा घाइतेको सिटी स्क्यान भएको र गोली टाउकोमा बाँया पट्टिको भागमा भित्रै रहेको बताए ।

साँझ ६ बजे आधा दर्जन बोरा आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयाबाट प्रहरीको गाडी मँगाएर जिल्ला लान खोज्दा झड्प भएको थियो ।यता प्रहरीले दमन गर्दै १४ बर्षिय बालकलाई गोली हानेकोले स्थानीयहरू दाषीलाई कारावाहीको माँग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
बालक यादवलाई गोली हान्ने प्रहरीलाई तत्कालै निलम्बन नगरिए आन्दोलनलाई अझै सशक्त बनाउँदै लैजाने जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रामबाबु गुप्ताले बताए ।

टाउकोमा गोली लागेर गम्भीर घाइते भएका बालक यादवको अवस्था अझै पनि चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।गतराती बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट तस्करीका सामान ल्याएकाहरुसँग झडप हुँदा तीन प्रहरी र एक बालकसहित चार जना घाइते भएका थिए । प्रहरीतर्फ घाइते भएका सई विरेन्द्र गिरीसहित तीन जनाको कलैयामै उपचार भइरहेको छ ।

बाराको सुवर्ण गाउपालिका स्थित कबही गोठमा बारा प्रहरीले तस्करीको समान नियन्त्रण गरि कलैया स्थित जिल्ला प्रहरी कार्यालयमा लाउने क्रममा स्थानीयले बिरोध गरि प्रहरी र प्रहरीको गाडीमा ढुङ्गा मुडा गरेपछि केहि राउन्ड गोलि हावाइ फाएर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगनिले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *