प्रहरीले अहिले अाएर भेट्याे इँटाभट्टासम्म घाइते ओसार्ने ट्रयाक्टर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विस्फोटमा मृत्यु तथा घाइते भएकाहरुलाई इँटाभट्टामा लग्न रौतहट २ का सांसद मोहम्मद अफ्ताव आलमले प्रयोग गरेको ट्रयाक्टर प्रहरीले बरामद गरेको छ ।

पहिलो संविधान सभाको निर्वाचनको अघिल्लो दिन २७ चैत २०६४ मा बम विष्फोटका घाइतेलाई जिउदै इँटाभट्टासम्म ओसार्न प्रयोग गरिएको ट्रयाक्टर भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

ना१त ६४७२ नम्वरको उक्त ट्रयाक्टर घटनाको प्रमाण मेटाउने योजनाअन्तर्गत नै अफतावका भाइ महताव आलमले २३ असार २०६७ मा बिक्री गरेका थिए । २४ जेठ २०५७ मा महतावकै नाममा खरिद भएको सोही ट्रयाक्टरमा बम विष्फोटमा परेकाहरूलाई हालेर इँटाभट्टामा लगिएको थियो ।

इँटा भट्टा समेत घटनासँग जोडिएका अन्य सबै प्रमाण नष्ट गरिसकेपछि गाउँमा ट्रयाक्टरको चर्चा हुन थालेपछि त्यसलाई पनि बेचिदिएको प्रहरीले जानकारी दिएको छ ।

ट्रयाक्टर नम्बर प्लेट मेटेर प्रयोग गरिदै आएको थियो । सोमबार साहकै घरबाट उक्त ट्रयाक्टर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको डिएसपी नवीन कार्कीले जानकारी दिए ।

यता आलमले प्रहरी अनुसन्धानका क्रममा पोलिग्राफ टेस्ट गर्न नमानेको रौतहट प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धानका क्रममा आलमले झूठ बोले/नबोलेको पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय रौतहटले पोलिग्राफ टेस्ट गर्ने तयारी गरेको थियो । आलमले नमानेको प्रहरीको भनाइ छ ।

उक्त ट्रयाक्टर रौतहट, देवाहीगेनाही नगरपालिका–२ करुनीयाका उमाशंकर साहले खरिद गरेको प्रहरीले बताएको छ । सोमबार साहकै घरबाट प्रहरीले उक्त ट्रयाक्टर बरामद गरेको छ ।

विस्फोटका प्रत्यक्षदर्शी र विस्फोटका प्रमाण भेटिँदा पनि आलमले पोलिग्राफ परीक्षण गर्न मानिरहेका छैनन् ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *