प्रहरीको सामूहिक मेस सञ्चालन शुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरीको मेस सुधार कार्यक्रम अन्र्तगत सामूहिक मेस सञ्चालन शुरु गरेको छ ।

मेस सुधार कार्यक्रम अन्र्तगत भक्तपुरस्थीत प्रहरी बृत्त जगातीको मेस सुधार गरि प्रहरी जवानदेखि सिनियर अधिकृतसम्मको एउटै मेस संचालनमा ल्याएको हो । प्रहरी बृत्त जगातीको प्रहरी नायब महानिरिक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी बृत्त जगातीको मेसको उद्घाटन गरेका हुन ।

यसअघि प्रहरी जवान, हवल्दारको एक, जुनियर अधिकृतको एक र सिनियर अधिकृतको एक गरि तीनवटा मेस संचालन हुदै आएकोमा अबदेखी जवानदेखि अधिकृतसम्मको एउटै मेस संचालन भएको हो । मेस उद्घाटनपछि प्रहरी नायब महानिरिक्षक पोखरेलले सबैले आफैबाट सुधार गर्दै आएमा सिंगो देशको सुधार भई विकासमा लम्कने बताएका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *