प्रसूति अस्पताल थापाथलीस्थितका तीन डाक्टरसहित आठजनालाई कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कार्यरत तीनजना चिकित्सकसहित ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। अस्पतालका अनुसार त्यहीँको काउण्टरमा काम गर्ने नेपाल इन्भेस्टमेन्ट बैंकका ४ जना कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको छ।

अस्पतालका उपनिर्देशक तथा कोभिड फोकल पर्सन डा.श्रीप्रसाद अधिकारीले पछिल्लो एक सातामा कन्ट्याक्ट ट्रेसिङका क्रममा ७० जनाको पिसिआर परीक्षण गरिएको थियो। त्यसक्रममा डाक्टरसहित ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये दुई जनालाई टेकुस्थित शुक्रराज अस्पतालमा र बाँकीलाई होम आइसोलेसनमा राखिएको डा. अधिकारीले जानकारी दिए। अस्पतालमा प्रसूतिका लागि आउने गर्भवतीहरुका लागि कुपण्डोलस्थित अस्पतालकै आइसोलेसन भवनमा लगेर राखिने भएको छ।

उनीहरुमा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि थापाथलीमै ल्याएर प्रसूति गराइने भएको छ। यदि पोजेटिभ देखिए आइसोलेसन सेन्टरबाटै प्रसूति गराउने व्यवस्था मिलाइएको डा अधिकारीले बताएका छन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *