प्रम कार्यालय पुगेर ईश्वर पोखरेल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर कार्यभार सम्हालेका छन् ।बिहीवार कार्यभार सम्हाल्ने क्रममा उपप्रम पोखरेलले आफूले नीतिगत र मूर्त कुरा र काम गर्ने बताए ।म अमूर्त कुरा गर्ने होइन, नीतिगत र मूर्त कुरा तथा काम गर्न चाहन्छु ।

यसअघि मेरो तहको मन्त्रीले यसरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी पाएको मलाई थाहा छैन, उनले भने, हेल्लो सरकार के गर्दैछ रु कर्मचारी ढल्किँदै आउने र जाने मात्र काम भएको छ, यस्ता धेरै कामहरू गर्नुपर्ने छ ।

बुधवार मन्त्रिपरिषद् हेरफेरका क्रममा प्रधानमन्त्री ओलीले पोखरेललाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेका थिए ।बिहीवार नै रक्षा मन्त्रालयबाट बिदा भएर उपप्रम पोखरेल प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *