प्रधानमन्त्री लाई भड्काउने उपेन्द्र यादवको प्रस्ताव र त्यसपछिको राजीनामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – समाजवादी पार्टी सरकार छाड्ने निष्कर्षमा पुगेको छ । सोमबार बेलुका बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकले यस्तो निष्कर्ष निकालेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा कानुन मन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानमा सुधार गर्नुपर्ने विषयहरु पहिचान गरी संशोधनको मस्यौदा समेत तयार पार्नका लागि विज्ञ समिति गठनको प्रस्ताव राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट रुपमा नै संविधान संशोधन अहिले हुन नसक्ने जवाफ दिँदै यादवले पेस गर्न लागेको प्रस्ताव रोक्न भनेका थिए ।

त्सपछि काठमाडौंमा उपलब्ध नेताहरु बसेर सरकार छाड्ने निष्कर्षमा समाजवादी पार्टी पुगेको थियो ।

संविधानमा कतिपय व्यवस्थाहरु मस्यौदाको दृष्टिले परिमार्जन गर्नुपर्ने वा कतिपय व्यवस्थाहरुमा रहेका अन्तरविरोधहरु सम्बोधन गर्न विज्ञ समूह गठन गर्नुपर्ने उनको प्रस्ताव थियो ।

उनले विज्ञ समूहबाट नेपालको संविधानमा गर्नुपर्ने सुधार र संशोधनका विषयहरु पहिचान गरिएको मस्यौदा माग गर्ने बताएका थिए ।

“नेपालको संविधानको कार्यान्वयनका चारवर्षको अनुभवको आधारमा संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्रका मूल आधार र मान्यताहरुलाई अझ कारगर रुपमा कार्यान्वयन गर्ने र प्राविधिक रुपमासमेत परिस्कृत र सुधार गर्न नेपालको संविधानमा गर्नुपर्ने सुधार र संशोधनका विषयहरु पहिचान गरी संविधान संशोधनको मस्यौदा नेपाल सरकार समक्ष पेस गर्न संवैधानिक कानुनका विज्ञहरु रहेको एक समिति गठन गर्ने सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्तात पेस गर्न आवश्यक भएकोले नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४ को अनुसूची १ को विषय ४२ बमोजिम यो प्रस्ताव पेस गरेको छु,” यादवले पेस गरेको प्रस्तावमा भनिएको छ ।

उनको प्रस्तावमा ख्यातिप्राप्त संविधानविद् सर्वोच्च अदालतका पूर्वन्यायाधीशमध्येबाट सरकारले तोकेको व्यक्ति अध्यक्ष र नेपाल कानुन आयोगका अध्यक्ष, उपाध्यक्ष, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तोकेका तीन जना संविधानविद् सदस्य तथा कानुन सचिवहरुमध्ये मन्त्रलयले तोकेको सचिव सदस्य सचिव रहने गरी विज्ञ समूह गठन गरिनुपर्ने उल्लेख छ ।

प्रस्तावमा उक्त समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले चार महिना रहने भनिएको थियो ।
यस्तो छ प्रस्ताव

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *