प्रधानमन्त्री पूर्णरुपमा स्वास्थ्य हुन कम्तीमा ६ महिना लाग्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख देखिएको र केहि दिनभित्रै डिष्चार्ज गरिने उहाका उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

मंगलबार अस्पतालमा मिर्गाैला प्रत्यारोपणमा संलग्न प्रमुख चिकित्सक टोलीसहितको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको स्वास्थ्य सुधार हुदै गएको भन्दै चिकित्सकहरुले मिर्गौला प्रत्यारोपणपछि बिरामीलाई आवश्यक पर्ने सम्पूर्ण चिकित्सकीय सेवा तय भएपछि मात्रै डिस्चार्ज गरिने पनी बताएका हुन् ।

प्रधानमन्त्रीका निजी चिकित्सक एवं नेफ्रोलोजिस्ट डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई आवश्यक पर्ने सम्पूर्ण चिकित्सकीय तथा घरेलु व्यवस्थाको तयारी भइरहेको बारेमा समेत जानकारी दिएकी थिईन । उनले प्रधानमन्त्री ओली पहिलेजसरी सक्रिय हुन कम्तीमा पनि ६ महिना लाग्ने पनि बताइन । प्रधानमन्त्रीले एक महिनाभित्र बैठक राख्न सक्ने तर भीडभाडमा जान नहुने डा शाहले जानकारी दिएकि छिन ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले चिकित्सीय हिसाबले प्रधानमन्त्री घर फर्कन सक्ने भए पनि परिवारको आग्रहअनुसार केही दिन अस्पतालमै राखिने बताए । अङ्गदाता समीक्षा सङ्ग्रौलाको स्वास्थस्थिति राम्रो भएको र उनलाई पनि प्रधानमन्त्रीसँगै घर फिर्ता गराइने जनाइएको छ ।

त्रिवि चिकित्साशास्त्र सङ्कायका डीन प्राडा जगदीश अग्रवालले मुलुकका प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण मुलुककै अस्पतालमा हुनु गौरवको विषय भएको बताउँदै यसबाट चिकित्सकहरुको आत्मविश्वास बढेको बताएका थिए ।

प्रधानमन्त्रीको प्रत्यारोपण र त्यसपछिको उपचार टोलीमा डा. प्रेम ज्ञवाली, डा. उत्तम शर्मा, डा. दिव्यासिंह शाह, डा. पवन चालिसे, डा. सुमन चापागाईं र डा. सुवास आचार्य सहभागी रहेका छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *