प्रधानमन्त्री निवास बालुवाटारका सुरक्षाकर्मी सहित ७६जनामा कोरोना पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका सुरक्षाकर्मी सहिज ७६ जनामा मा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ जना सशस्त्र प्रहरीका १८ जनामा र फोटो पक्रकार सहितकामा कोरोना संक्रमण देखिएको हो । अझै केही रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

शनिबार प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीलाई भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *