प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षकृत क्रमिक सुधार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षकृत क्रमिक सुधार भइरहेको शिक्षण अस्पतालले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउदै अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले स्वास्थ्यमा आएको सुधारसँगै प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालिएको जानकारी दिनुभयो । उहालाई ठोस आहार दिन सुरु गरिएको खड्गाले जानकारी दिनुभयो ।

उहाका अनुसार प्रधानमन्त्रीका सबै भाइटल तथा ल्याब सूचकहरु समान्य अवस्थामा रहेका छन् । प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थितिमा पनि क्रमिश सुधार आएको र ठोस आहार दिन थालिएको डा खड्गाले जानकारी दिनुभयो । अबको करिव एकसातापछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेरेर डिस्चार्ज गरिने डा खड्गाले बताउनुभयो ।

यसैबीच प्रधानमन्त्री ओलीले आफु छिटै काममा फर्कने सन्देश दिनुभएको छ । शुक्रबार प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाललाई टेलिफोन गरि ओलीले तीव्र सुधार देखपरिरहेको र यथाशीघ्र काममा फर्कने विश्वास व्यक्त गर्नुभएको उहाका प्रेस सल्लाहका सुर्य थापाले बताउनुभयो ।

उहाका अनुसार प्रधानमन्त्रीसंग अन्य कोहि व्यक्तिलाई भेट्न दिइएको छैन । प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *