प्रधानमन्त्री केपी शर्मा ओलीको बुधवार बिहान ९ बजे मिर्गौला प्रत्यारोपण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधवार बिहान ९ बजे मिर्गौला प्रत्यारोपण हुने भएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि सोमवार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको बुधवार बिहान ९ बजे प्रत्यारोपणको शल्यक्रिया हुने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

मंगलवार उहाले प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण सकिएकाले बुधवार बिहानबाट प्रत्यारोपण शल्यक्रिया सुरु हुने उहाको उपचारमा सग्लग्न चिकित्सक तथा त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. अरुण सायमीले जानकारी दिनुभयो । उहाका अनुसार नेपाली चिकित्सकको टोलीले नै प्रधानमन्त्रीको शल्यक्रिया गर्नेछन् । डा सायमीले शल्यक्रियाका लागि प्रधानमन्त्री मानसिक रुपमा नै तयार रहेको पाइएको बताउनुभयो ।

त्यस्तै अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले प्रत्यारोपणको शल्यक्रिया ३ देखि ४ घण्टामा सकिने बताउनुभयो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी एक दर्जनभन्दा बढी खटिने भएका छन्। प्रधानमन्त्री ओलीलाई उनको भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गर्दै हुनुहुन्छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *