प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएको दशौं दिनमा डिस्चार्ज हुनुभएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ओलीलाई अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो । अस्पतालबाट डिस्चार्ज हुने क्रममा प्रधानमन्त्री ओलीले आफू निको भएर घर जान लागेको बताउनुभएको थियो । अस्पतालले डिस्चार्ज गरेपछि प्रधानमन्त्री ओली बालुवाटार निवासमै आराम गर्नुहुने भएको छ ।

ओलीको उपचारमा संलग्न चिकित्सकले केही दिन अस्पतालमै राख्ने सोच बनाए पनि प्रधानमन्त्री ओलीले निवासमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि चिकित्सकहरुले डिस्चार्ज गर्ने निर्णय गरेको बुझिएको छ । प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा अरुण सायमीले प्रधानमन्त्री ओलीले बालुवाटारमा केहि दिन आराम गर्ने र त्यसपछि नियमित काममा फर्कने बताउनुभयो । त्यस्तै उहाले प्रधानमन्त्रीको स्वास्थ्य जाच पनि बालुवाटारमा नै हुने जानकारी दिनुभयो ।

त्यसअघि प्रधानमन्त्री ओली डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पताल पुगेर उहाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब आधा घण्टा कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीको मंसिर १० गते एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *