प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच भेट भएको पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच भेट भएको पुष्टि भएको छ । प्रेस सल्लाहकार सुर्य थापाले आज विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग बालुवाटारमा भेट गरेको पुष्टि गरेका हुन ।

भेटका क्रममा नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने विषयमा कुरा भएको विज्ञप्तीमा उल्लेख छ । पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा पनि कुराकानी भएको थापाद्वारा आज जारी विज्ञप्तीमा जनाइएको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र माधब नेपाल र पुष्पकमल दाहालले भने विज्ञप्ती निकालेर गोयललाई नभेटेको दावी गरेका छन ।

भारतसँगको सीमा र नक्सा लगायतको विवाद कुटनीतिक तवरवाट हल गर्नुपर्नेमा गुप्तचरसँग प्रधानमन्त्रीले भेट गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । भारतको गुप्तचर संस्था ‘रअ’ का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित नौजनाको टोली बुधबार काठमाडौं आएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *