प्रधानमन्त्री केपी ओलीद्वारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि आग्रह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई बुधबार बिहान टेलिफोन गर्दै नेपाल भ्रमणको निम्तो दिएका हुन् । ओलीले एक ट्विट गर्दै अंग्रेजी नयाँ वर्षको अवसरमा मोदीलाई शुभकामनासँगै नेपाल भ्रमणको निम्तो दिएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटरमा सन् २०१९ मा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सफल भएको निष्कर्ष निकालेको र बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पु¥याउन सन् २०२० सफल रहने आफुहरुले विश्वास लिएको उल्लेख गरेका छन् । भारतले नेपाली भूमि लिम्पियाधुरा क्षेत्र समेटेर हालै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालले असन्तुष्टि जनाउँदै आएको छ । कूटनीतिक माध्यमबाट यसको समाधान खोजिने सरकारले बताए पनि अहिलेसम्म ठोस ढंगले प्रक्रिया अघि बढ्न सकेको छैन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *