प्रधानमन्त्री केपी ओलीको भिडीयो सन्देश : आफु स्वस्थ रहेको जानकारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री केपी ओलीले आफु स्वस्थ रहेको बताएका छन् । अस्पताल भर्ना भएपछि आफ्नो स्वास्थ्यका विषयमा विभिन्न किसिमका विभिन्न हल्ला चलेपछि उनले भिडियो सन्देश सार्वजनिक गर्दै आफु स्वस्थ रहेको जानकारी दिएका हुन । उनले भिडियो सन्देशमा एपेन्डिसाइटिसको शल्यक्रिया र त्यसको संक्रमण निको हुन हप्ता दशदिन जति लाग्ने भएपनि आफु स्वस्थ रहेको उल्लेख गरेका छन् । ठुलो शल्यक्रियापछि पनि आफु उठेर बोल्नसक्ने साथीसँग कुरा गर्न सक्ने अवस्था र समाचार हेर्ने अवस्थामा रहेको बताएका छन ।

प्रधानमन्त्री ओलीले १३ औं सागको आइतबार भब्य उदघाटन भएकोमा पनि खुसी ब्यक्त गरेका छन् । आफुले उदघाटन समारोह प्रतक्ष्य रुपमा पुरै हेरेको उल्लेख गर्दै उनले मैत्रीपुर्ण खेलवाट देशको इज्जत र क्षेत्रीय मित्रता अघि बढाउन नेपाली खेलाडी र सार्क क्षेत्रका खेलाडीलाई आग्रह गरेका छन् ।

आफुलाई अचानक एपेन्डिसाइटिसको समस्या देखिएको र त्यसको संक्रमण पनि फैलिएकाले निको हुन केही समय लागेको प्रधानमन्त्रीले भिडियो सन्देशमा उल्लेख गरेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली गत मंगलबारदेखि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका छन् ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *