प्रधानमन्त्री ओली र अध्यक्ष दहालबीच वार्ता सहियो तर कुनै ठोस निष्कर्ष भने निस्कीएन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको वार्ता आज पनि कुनै ठोस निस्कर्षमा पुग्न सकेन । विगतमा भएका समझदारीका आधारमा सहमति खोज्ने र भोलिको स्थायी समिति बैठकअघि दुई अध्यक्षबीच पुनः छलफल हुने भएको छ ।त्यस्तै दुई पक्षबीच असमझदारी बढाउने गतिबिधि नगर्ने सहमति भएको बुझिएको छ । पार्टीभित्र प्रधानमन्त्रीको राजीनाम मागसहित विवाद चर्किएपछि दुई अध्यक्षबीच पटकपटक वार्ता भए पनि सहमति जुट्न सकेको छैन ।

छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेल र दाहाल समूहका तर्फबाट उर्जा मन्त्री वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्मा सहभागी थिए । प्रधानमन्त्रीसँग भेट्नअघि अध्यक्ष दाहाल, झलनाथ खनाल र माधवकुमार नेपालसहितले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *