प्रधानमन्त्री ओलीले भने, आचरण बिगार्नेलाई म सहन्नँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री केपी शर्मा ओलीले आचरण बिगार्ने जोकोहीले पनि कारबाहीको भागिदार हुनु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले गृहजिल्ला झापाको दमकमा सोमवार आयोजित दशैँ शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचरण ठिक नहुनेमाथि कारबाही गरिने बताएका हुन् ।

यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले राजीनामा दिनुपरेको घटना तर्फ इंकित गर्दै प्रधानमन्त्री ओलीले महराको नाम नलिईकन कार्यक्रममा भने, चाहे ठूलो होस् वा सानो, आचरण बिगार्ने कुरा सह्य हुँदैन । गल्ती गर्ने जो सुकैलाई सरकारले नछाड्ने बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा कानुन भन्दा माथि कोहि नभएको र संविधान विरोधी गतिविधि गर्ने, बम, बारुद्ध पड्काउनेहरु विरुद्ध सरकारले कडा निगरानी राखेको बताए ।

उनले प्रतिवन्धीत विप्लप समुहप्रति लक्षित गर्दै आप्ना कमीकमजोरी आत्मोलचना गरेर आउन आग्रह गरे । यदि सरकार र संविधान प्रति अपाराधिक क्रियाकलाप गरे सरकारले नछाड्ने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारबाही गरिने बताए । भ्रष्टाचार गर्ने साना–ठूला जुनसुकै पदका मानिसलाई कारबाही गरिने आफ्नो पुरानै कुरा उनले दोर्होयाए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *