प्रधानमन्त्री ओलीलाई र्मिगौला दिने समीक्षा डिस्चार्ज भईन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री केपी शर्मा ओलीलाई किड्नी दान गर्नुभएकी उहकी भान्जी समीक्षा संग्रौला डिस्चार्ज भएकि छिन् ।

उनलाई बुधबार डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले जानकारी दिएकाछन् । प्रधानमन्त्री ओलीलाई गत साता वुधबार नै किड्नी प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था निकै सुधार रहेको उनले बताए ।

प्रधानमन्त्रीको अवस्थमा सुधार आइरहेको भन्दै उनले कुनै पनि समय डिस्चार्ज गर्न सकिने जानकारी पनी दिएकाछन् । त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्रीलाई थप उपचार गर्न सिंगापुर लाने समाचार निराधार भएको समेत बताए । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेरेर डिष्चार्ज गर्ने तयारी भइरहेको भन्दै प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा अनावश्यक हल्ला नफैलाउन आग्रह समेत गरेकाछन् ।

प्रधानमन्त्री ओलीको गत बुधबार दास्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *