प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार जारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।

दोस्रो पटक मृगौला प्रत्यारोपण गरेको पाँचौ दिन ओलीको भाइटल र ल्याब सूचकहरुपनि सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिनुका साथै हिडडुल पनि गराउन थालिएको छ । उहाँलाई मृगौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य पनि राम्रो रहको छ । संग्रौलाको पनि भाइटल र ल्याब सूचकहरु सामान्य रहेको डा. खड्काले बताए ।

आइतबार अस्पताल पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा ब्यापक सुधार भइरहेको बताउनुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्थ थापाले इजरायल, फ्रान्स र युरेपेलि युनियनका राजदूतहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको बताउनुभयो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *