प्रधानमन्त्री ओलीको शल्यक्रिया सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसु को शल्यक्रिया सकिएको छ।
प्रधानमन्त्री ओलीलाई पेटमा समस्या देखिएपछि मंगलवार बिहान करिव ९ बजे मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो।

शल्यक्रिया गरिएकोले ओलीलाई आरामका लागि केही दिन अस्पतालमा नै राखिने बताइएको छ।
आइतवार मात्र प्रधानमन्त्री ओलीको धापासिस्थित ग्रान्डी इन्टरनेशल अस्पतालमा डाइलासिस गरिएको थियो।

त्यसै गरि प्रधानमन्त्री पत्नी राधिका शाक्यले डाक्टरहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो छ भनेको बताएकी छन् ।अस्पतालबाट बाहिरिने क्रममा प्रतिक्रिया दिँदै उनले भनिन्, ‘मलाई त थाहा हुने कुरो भएन, तर डाक्टरहरुले चाहिँ राम्रो छ भनेका छन् ।’

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *