प्रधानमन्त्री ओलीको पीसाबमा संक्रमण,तत्कार डिस्चाज गर्न नसकिने :डा. प्रेमकृष्ण खड्गा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मृर्गौला प्रत्यारोपणको नवौं दिन प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यस्थिति सामान्य रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

बिहीवार अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य रहेको बताउनुभएको हो । प्रत्यारोपणपछि गरिने परीक्षणहरूलाई निरन्तरता दिइएको र उहाकाभाइटल तथा ल्याब सूचकहरू सामान्य रहेको जानकारी दिएकाछन् । प्रधानमन्त्री ओलीले नियमित खाना खाइरहेको खड्गाले बताए । प्रधानमन्त्री ओलीको पिसाबमा संक्रमणको आशंका देखिएपछि बुधवार परीक्षण गरिएको थियो । सोही कारणले उहाको डिस्चार्ज ढिला गरिएको अस्पताल स्रोतले बताएको थियो । परीक्षणमा कुनै खराबी नदेखिएपछि अहिले नै डिस्चार्ज गर्ने अवस्था नरहेको डा खड्गाले बताए । त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले अहिलेसम्म ओलीलाई चिकित्सक बाहेक किड्नी दान गर्ने उहाकी भान्जी समीक्षा संग्रौला र प्रधानमन्त्री पत्नी राधिका शाक्य गरी दुईजनाले मात्र भेटेको जानकारी दिए ।

केहि दिन अघि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको पुन मृगौला प्रत्यारोपण गरिएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *