प्रधानमन्त्री ओलीको तेस्रोपटक हेमोडायलासिस गरियो

प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी अस्पतालमा शनिबार तेस्रोपटक हेमोडायलासिस गरिएको छ।
यसअघि २ पटकसम्म मिर्गौलाको हेमोडायलाइसिस गराउनुभएका प्रधानमन्त्री ओलीले शनिबार पुनः ग्रान्डी अस्पतालमा हेमोडायलासिस गराउनुभएको हो । प्रधानमन्त्री ओलीको गत कात्तिक १२ र १३ मा क्रमश पहिलो र दोस्रो पटक हेमोडायालसिस गरिएको थियो। सो क्रममा राखिएको स्टेन्ट पनि निकालिएको अस्पतालले जनाएको छ। प्रधानमन्त्री ओलीको स्वास्थ उपचारमा नीजि चिकित्सक दिव्या सिंह शाह, अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्राडा. प्रेमराज ज्ञवालीले खटिनुभएको ग्रान्डीका अस्पतालका डाइरेक्टर डा. चक्रराज पाण्डेले बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।
१२ वर्षअघि भारतको नयाँ दिल्लीमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उहाँले स्वास्थ्यमा समस्या देखिएपछि भदौमा सिंगापुरमा पुनः उपचार गर्नुभएको थियो । सिंगापुरमा उहाँले प्लाज्मा फेरोसिको उपचार गराउनु भएको थियो । त्यसपछि ओलीको नियमित डायलसिस गर्नुपर्ने चिकित्सकहरूले बताउँदै आएकाछन्। उपचारपश्चात् प्रधानमन्त्री ओली शनिवार नै निवास फर्कनुभएको छ ।