प्रधानमन्त्री ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताको निवेदन परेको पुष्पकमल दाहालको दावी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दावी गरेका छन । पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टीो बैठक चलिरहेकै बेला निर्वाचन आयोगमा पार्टी दर्ताको प्रकृया प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्षको पहल र सक्रियतामा सुरु भएको बताएका हुन । पार्टीमा बैठक चलिरहेका बेला आयोगमा दल दर्ताको प्रकृया सुरु हुनु र देशभरी जिन्दावाद, मुर्दावादको नारा लाग्नुले पार्टी संकटमा रहेको प्रष्ट पार्ने अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले पार्टीको विवेकले सत्ता सञ्चालन हुनुपर्नेमा त्यसो हुन नसकेको समेत बताए । सत्ताले पार्टीमाथि हैकम जमाउने अवस्था आएमा कम्युनिष्ट पार्टीको मान्यता वितपरित हुन आउने उनको भनाइ छ ।

कम्युनिष्ट पार्टीमा समूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी लिएर हिड्नुपर्ने अध्यक्ष दाहालले बताए । अध्यक्ष दाहालले नेपालको अद्यावधिक नक्सा जारी भएको विषयमा कुनै एक व्यक्तिलाई मात्रै जस दिनु न्याय संगत नभएको समेत बताए । पार्टीले निर्णय गरेर दबाव दिएका कारण प्रधानमन्त्री ओली बल्ल नक्सा सार्वजनिक सहमत भएको उनको भनाइ छ । त्यसअघि प्रधानमन्त्रीले नक्सा सार्वजनिक गर्नुभन्दा भुमि फिर्ता गर्नु ठुलो कुरा भएको भन्दै बोलेको समेत दाहालले स्मरण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *