प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकमा कसले के सुझाव दिए हेर्नुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

धानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र कालापानी विवादबारे छलफल गर्न बोलाएको सर्वपक्षीय बैठकमा सहभागीहरुले नेपाल–भारत सिमा विवादबारे अब उच्चस्तरीय राजनीतिक तहमा छलफल गर्नुपर्ने सुझाव दिएका छन् ।

बैठकबाट बाहिरिने क्रममा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेपाल र भारतबीचको सिमा विवाद अब सचिवस्तरीय संयन्त्रबाट समाधान नहुने भएकोले आफूहरुले यसलाई भारतसँग राजनीतकि तहमा वार्ता तथा छलफल गर्न सुझाव दिएको प्रतिक्रिया दिए । उनले भने,‘अब नेपाल र भारतबीच प्रधानमन्त्री तहमा डिल गर्नुपर्छ । दिर्घकालिन समाधान खोज्नुपर्छ । तथ्यांकसहित जानुपर्छ ।’

उता, राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले पनि तथ्यांकअनुसार पनि कालोपानी र लिपुलेक नेपालको भूमी भएकोले यसबारेमा सरकारले भारतसँग कुटनीतिक रुपमा समाधान खोज्नुपर्ने धारणा राखे । पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले पनि आफू त्यही ठाउँको मान्छे भएकोले नेपालले आफ्नो भूमि लिनको लागि पहल गर्नुपर्ने बताए ।

भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि प्रधानमन्त्रीले यस विषयमा सर्वदलीय बैठक डाकेका हुन् । बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु, दलका प्रतिनिधिहरुका साथै सीमा विज्ञहरु पनि सहभागी छन् ।
त्यसै गरि वामदेव गौतमले नेपालले कालापानी, लिपुलेकदेखि लिम्प्यिाधुरासम्मको नक्शा बनाउने र सो नक्शा भारतलाई बुझाउनुपर्नेबारे बैठकमा छलफल भएको सुनाए । उनले भने,‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली जमिन हुन् । यसमा हामी सबैको एकमत धारणा रह्यो ।’ उनले थपे,‘कालापानी, लिपुलेक हाम्रै जमिन हुन, लिपुलेकबाट भारतीय सेना हटाउन पहल गर्ने कुरा पनि आजको छलफलमा भएको छ । यसको लागि अब नेपाल र भारत दुवै तर्फमा राजनीतिक स्तरमा कुरा गर्नुपर्छ । दुवै देशका प्रधानमन्त्रीबीच बसेर कुरा गर्न पनि हामीले सुझाएका छौं ।’ नेता गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भुमी हो भन्ने विषमया राष्टिय सहमति भएको जानकारी दिए ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *