प्रधानमन्त्रीले गरे भिडियो कन्फरेन्समार्फत खोरुङ्गा खोला साना जलविद्युत् आयोजनाको उद्घाटन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको बिकासमा ऊर्जा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा भिडियो कन्फरेन्समार्फत तेह्रथुममा निर्माण भएको माथिल्लो खोरुङ्गा खोला साना जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएकाहुन । बिकासका लागि पूर्वाधारको रुपमा आवश्यक पर्ने ऊर्जा उत्पादनको क्षेत्रमा पनि सरकारले तिव्रताका साथ काम गरिरहेको उनले बताए ।

ओलीले नेपालमा बिद्युत उत्पादन भएको ८० बर्षसम्म पनि ठूला आयोजना निर्माण हुन नसकेको भन्दै अव भने ऊर्जा क्षेत्रको बिकासमा मुलुकले फड्को मार्दै गएको बताए । उनले उक्त आयोजनाले स्थानीय जनताको जनजिवनमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा ऊर्जामन्त्री बर्षमान पुन अनन्तले ऊर्जा उत्पादनमा निकै सफलता हासिल भएको बताएका थिए । उनले ४० जिल्लामा पूर्ण बिद्युतीकरणको काम सम्पन्न भएको जानकारी पनि दिए ।

उक्त जलविद्युत आयोजना तेह्रथुममा सात दशमलब पाँच मेगावाटको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *