प्रधानमन्त्रीले अस्पतालै पुगेर भेटे ‘इनफ इज इनफ’ अभियानका अनसनकारीलाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘इनफ इज इनफ’ अभियान अन्र्तगत ७ दिनदेखि अनसनरत युवाहरुको स्वास्थ्य अवस्थाबारे आफै अस्पताल पुगेर जानकारी लिएका छन् । कोभिड – १९ को सबल व्यवस्थापन तथा जनताको जीवन रक्षाको निम्ति भन्दै ७ दिनदेखि ईः, पुकार बम, सुधन गुरुङ र सुवानी सिजापतिको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली विहीबार साँझ ह्याम्स अस्पताल पुगेका थिए।

पाटन दरबार स्क्वायरको कृष्णमन्दिर अगाडि पाटीमा अनसनमा बसेका युवाहरूको स्वास्थ्य अवस्थामा समस्या देखिनथालेपछि उनीहरुलाइ उपचारका लागि ह्याम्स अस्पताल लगीएको थियो ।कोरोना नियन्त्रण तथा रोकथामसँग सम्बन्धित विभिन्न माग राखेर अनसनमा बसेका युवाहरूको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री स्वयम ह्याम्स अस्पताल पुगेको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएकाहुन ।

भेटमा प्रधानमन्त्री ओलीले कोभिड–१९ नियन्त्रणका लागि सरकारले काम गरिरहेको र अझै यसलाई प्रभावकारी बनाउदै लैजाने पनि जानकारी गराएका थिए । उनले सरकार कोभिड नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको बताएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *