प्रधानमन्त्रीले अकस्मात किन बोलाए सागको तयारीमा रहेका खेलाडीहरुलाई ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा सहभागी हुने सबै खेलाडीसँग भेट्ने इच्छा व्यक्त गरेपछि बन्द प्रशिक्षण प्रभावित भएको छ ।

प्रधानमन्त्री ओलीले सबै खेलाडी तथा पदाधिकारीसँग काठमाडौँमा भेट्नका लागि बोलाएका छन् । यसले गर्दा काठमाडौँ तथा पोखरा र ललितपुरमा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको प्रशिक्षण प्रभावित भएको हो ।
ओलीले मंगलबार प्रज्ञा प्रतिष्ठानमा खेलाडी तथा पदाधिकारीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको र त्यसका लागि बसैलाई काठमाडौँ आउन भनिएको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले जानकारी दिएका छन् ।

१३ औँ सागको उद्घाटन यहि मंसिर १५ गते हुँदैछ । प्रधानमन्त्री ओलीले बोलाएपछि काठमाडौँ भेला हुने क्रममा रहेका खेलाडीहरुको प्रशिक्षण तीनसम्म प्रभावित हुने भएको हो । यसले गर्दा खेलाडीको प्रदर्शनमा असर पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार खेलाडीका लागि केही प्याकेज घोषणा गर्ने तयारी गरेका छन् । हालसम्म सागमा पदक जित्ने खेलाडीलाई दिइँदै आएको नगद पुरस्कारमा वृद्धि गर्ने तयारीमा प्रधानमन्त्री रहेको बताइएको छ ।

हालसम्म स्वर्ण पदक जित्नेलाई तीन लाख, रजत जित्नेलाई दुई लाख तथा काश्य पदक जित्नेलाई एक लाख रुपैयाँ नगद पुरस्कार दिइँदै आएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *