प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, सामान्य खाना दिन थालीयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा राम्रो सुधार भइरहेको शिक्षण अस्पतालले जनाएको छ ।

शनिबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले ओलीलाई नर्मल (सामान्य) खाना दिन थालिएको र हिँडडुल गराइरहेको जानकारी दिनुभयो । प्रधानमन्त्रीको मिर्गाैलादाता उहाँकी भान्जी श्रीमती समिक्षा संग्रौलाजीको पनि स्वास्थ्य अवस्था राम्रो सुधार भइरहेको उहाले बताउनुभयो । उहाँका पनि सबै सूचकहरू सामान्य अवस्थामा रहेको र नर्मल खाना खानुको साथै हिँडडुल पनि गर्न थालिसक्नुभएको डा खड्गाले बताउनुभयो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था केहि दिन हेरेर डिष्चार्ज गर्ने बारेमा पनि छलफल भएको उहाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभका लागि चीनका राष्ट्रपति सी चिनफिङ र त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले शुभकामना दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीको बुधबार मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *