प्रधानमन्त्रीका सल्लाहकारहरु कोरोना सङ्क्रमणमुक्त भए

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापालगाएकाहरु कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
बिहीबार गरिएको पिसीआर परीक्षणका क्रममा उनीहरूको नेगेटिभ रिपोर्ट आएको प्रेस सल्लाहकार थापाले जानकारी दिएकाहुन । सबैलाई १७ असोज मा सङ्क्रमण पुष्टि भएको थियो ।थापाका अनुसार तीनै जनाको परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ ।
उनले भनेका छन्, ‘हामीले कोरोना सङ्क्रमण सात दिन बित्दानबित्दै जित्न सकेका छौँ । हामीप्रति शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी र कृतज्ञ छौँ ।’
(Visited 1 times, 1 visits today)