प्रदेश ५ को स्थायी राजधानी भालुवाङ ,नाम लुम्बिनी कायम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभाबाट दुइ तिहाइ बहुमतले पारित भएको छ । प्रदेश सभामा मङ्गलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत र प्रस्तावको विपक्षमा १३ मत परेको छ । प्रदेश सभाका ८७ सदस्यमध्ये मङ्गलबारको मतदान प्रक्रियामा ८२ जनाले भाग लिएका हुन् ।

त्यसै गरि प्रदेश नम्बर ५ को नाम लुम्बिनी कायम भएको छ । मंगलवार बसेको प्रदेश सभाको बैठकमा प्रदेश ५ को नामकरणसम्बन्धी प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएको हो ।उक्त प्रस्तावको पक्षमा ७९ र विपक्षमा ४ मत परेको थियो । बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी सोनामले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको महत्त्वलाई हृदयङ्गम गर्दै साझा चिनारीको रूपमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *