प्रदेश २ मा हुने राष्ट्रिय सभाको चुनावमा नेकपा राजपाबीच तालमेल गर्ने सहमति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आगामी माघ ९ गते प्रदेश २ मा हुने राष्ट्रिय सभाको चुनावमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी बीच एक आपसमा सहयोग गर्ने सहमति भएको छ।

बुधबार बालुवाटारमा बसेको नेकपा र राजपाबीच बैठकमा यस्तो सहमति भएको हो।
माघ ९ मा प्रदेश २ मा रिक्त रहेको ४ स्थानमा चुनाव हुँदैछ। चुनावमा पुरूष समूह र अपांगता भएको व्यक्ति वा अल्पसंङ्ख्यक समूहको रिक्त २ स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने सहमति भएको हो।

त्यसैगरी, महिला र दलित पुरूष समूहका दुई स्थानमा राजपालाई नेकपाले सहयोग गर्ने सहमति भएको हो।

सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरेका हुन भने राजपाका तर्फबाट राजेन्द्र महतोले हस्ताक्षर गरेका छन्।

त्यसैगरी, दुई पार्टीले राष्ट्रिय राजनीतिकमा विषयहरूमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने सहमति समेत भएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *