प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुर – प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै राख्ने सहमति भएको छ ।

प्रदेश सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिको बैठकबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति भएको हो ।जनकपुरलाई नै राजधानीको रुपमा कायम गर्ने निर्णय सर्वसम्मतले पारित भएको समितिका संयोजक समेत रहेका यादवले जानकारी दिए ।

यो सहमतिलाई प्रदेश सभाको दुई तिहाइ बहुमतबाट पारित गर्नुपर्नेछ ।प्रदेशको राजाधानी र नाम सम्बन्धमा विभिन्न दलका सांसदहरूले प्रदेश सभामा भदौ ५ गते प्रस्ताव दर्ता गरेका थिए ।प्रदेशको राजधानीको विषयमा विशेष समितिमा टुंगो लागेपनि नामको विषयमा सहमति हुन सकेको छैन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *