प्रदेश २ का जिल्लामा पूर्व पश्चिम लोकमार्ग जिर्णहुदा दुर्घटनामा वृद्धि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बारा जिल्ला लगायत प्रदेश २ को ८ वटा जिल्लामा सवारी दुर्घटनामा बृद्धी भएको छ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका अनुसार पछिल्लो ३ वर्षको तथ्याड्ढले दुर्घटनाको डर लाग्दो तथ्याँक देखाएको हो ।

आर्थिक बर्ष ०७४-७५ मा प्रदेश २ का ८ जिल्लामा १ हजार १ सय ५ सवारी दुर्घटनामा ३ सय ९४ जनाको मृत्यु भएको छ, भने ०७५-७६ मा ९ सय १४ सवारी दुर्घटनामा परी ४ सय ९६ जनाले ज्यान गुमाएका छन् ।

यस्तै आर्थिक बर्ष ०७६-७७ मा १ हजार ३ सय ४० सवारी दुर्घटनामा परी ४ सय २० जनाले ज्यान गुमाउँन बाध्य भएका छन् । यो संख्या आर्थिक वर्ष ०७५-७६ को सवारी दुर्घटनामा भन्दा ४६.६० प्रतिशतले बढि हो भने मानिसको मृत्युमा यो पल्ट १५.३१ प्रतिशतले कमि आएको हो । मानिसमा जनचेतना भएको तर कानुन कार्यन्वयन फितलो भएका कारण सर्वसाधारणले मनपरि गर्ने प्रबृति बढ्दै गएपछि दुर्घटनाको संख्यामा बृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ का प्रमुख ट्राफिक प्रहरी उपरिक्षक श्यामकुमार महतोले बताए ।

यस चालु अर्थिक बर्षको अशोजको दोस्रो हप्ता सम्मको तथ्याँक अनुसार ६ महिनामा ६ सय ७९ दुर्घटनाबाट ७१ ले ज्यान गुमाईसकेका छन् । प्रदेश नम्बर २ मा प्रतेक आर्थिक वर्षमा करिब ४०० जना सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् जसमध्य रौतहट र बारा जिल्लामा बढी दुर्घटना हुने गरेको छ भने सिरहा र बारा जिल्लामा दुर्घटनाका कारण धैरैले ज्यान गमाएको तथ्याँकले देखाएको छ । ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाले सवारी दुर्घटना बढ्नुको मुख्य कारण जिर्ण सडक र तिर्ब गति रहेको जानकारी दिएको छ । ट्राफिक नियमको पालना नगरी असवधानि पुर्वक सवारी चलाउँदा बढि दुर्घटना भएको ट्राफिक प्रहरी उपरिक्षक महतोले बताए ।

यसरी सवारी दुर्घटनाको संख्यामा बृद्धि भएपछि प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ पथलैयाले दुर्घटना न्युनिकरण गर्न आफ्नो मातहतको ८ ओटै जील्लामा चेकजाँचलाई निरन्तरता दिन निर्दसन गरेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *